Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०५ गते सोमबार

बैतडि जिप दुर्घटना मृतककाे परिचय खुल्याे ।

प्रहरी सवार जिप दुर्घटनामा मृत्यु भएकाहरुको परिचय खुलेको छ । सोमबार बिहान पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो।

उक्त जिपमा सवार तीन जना प्रहरीको घटनास्थलमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी चौकी धामीगाउँ बैतडीमा कार्यरत प्रहरी जवान रमेशसिंह साउद र तालिम केन्द्रमै कार्यरत अर्का जवान लोकबहादुर बाठामगरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी हवल्दार गणेश खड्का र जवान पुतली खड्कालगायतलाई हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्जतर्फ लगिएको छ।

मतपेटिका पु-याएर फर्कदै गरेको प्रहरी चढेको जिप दुर्घटनामा परेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार तीन जना प्रहरी कर्मचारीको घटनास्थलमै ज्यान गएको थियो।

एक जना अर्का घाइतेको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको खबर आएपनि प्रहरीले त्यसको पुष्टि गरिसकेको छैन्।

निर्वाचनमा खटिएको प्रहरी सवार गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको छ। जिपमा चालक सहित १३ जना सवार थिए।

प्रतिक्रिया