Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

गुल्मिमा जिप दुर्घटना ५ जनाकाे मृत्यू ।

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

आज बिहान साढे २ बजेतिर सत्यवती गाउँपालिकाको कुटडाँडामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सीआईएनसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलले दुर्घटनामा परेर जिप धनी ५१ वर्षका झलक समै, ५५ वर्षका टिका राहादी, ४७ वर्षका रणबहादुर सिजापती, २५ वर्षका मिलन तरामो र ४३ वर्षका जमुना सोेमाइको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । घाइते ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको छ ।

राति ठूलो लुम्पेकदेखि कुटडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया