Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

कंचनपुरकाे कलुवारमा ट्याक्टरकाे ठक्कर बाट एक जनाकाे मृत्यू , मृतककाे खुलेन परिचय ।

ट्याक्टरको ठक्करबाट पूर्व–पश्चिम राजमार्गको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर पेट्रोल पम्प नजिक एक जना पुरुषको मृत्यु भएको छ।

से २ त २४७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलमा सवार ती पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

उनका अनुसार मृतकको परिचय खुल्न सकेको छैन्। हेर्दा भारतीय नागरिक जस्ता लाग्ने ती व्यक्तिका बारेमा सोधखोज भइरहेको छ।

ट्याक्टर कलुवापुरबाट झलारीतर्फ आउदै थियो।  ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका घर भएका २३ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया