Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर २० गते मङ्गलबार

मितेरी डेभलपमेन्ट बैङ्कले गर्याे लाभांस घाेषणा ।

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.६५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। मितेरीले घोषणा गरेको बोनस शेयर हालसम्मकै कम हो। गत आर्थिक वर्षमा बैंकले १३.३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। जुन सो अवधिसम्मको सबैभन्दा कम बोनस शेयर थियो।

मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया