Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार २६ गते मङ्गलबार

धाेराहि सिमेन्ट काे आईपियाे भर्ने सबैले शेयर पाउने

घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) विधिसम्मत भर्ने सबैले पाउने भएका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार यस कम्पनीमा कुल ६ लाख ३१ हजार ३२८ जनाले आवेदन दिएका छन् । कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ताका लागि आवेदन खोलेको थियो । 

धितोपत्र बाँडफाँट निर्देशिकामा पुगेसम्म आईपीओ आवेदन स्वीकृत हुने सबैलाई १० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । जुन व्यवस्थाअनुसार यस कम्पनीको आईपीओ भरेका सबै आवेदन स्वीकृत भएमा पनि सबैलाई १० कित्ताका दरले बाँड्न पुग्छ ।

१० कित्ताका दरले बाँडेपछि पनि करिब ६ लाख कित्ता बाँकी रहन्छ । सो ६ लाख कित्ताबाट करिब ६० हजार आवेदकले थप १० कित्ता अर्थात कुल २० कित्ताका दरले सेयर पाउने छन् । तर दाेहोर्‍याएर भर्ने, पर्याप्त माैज्दात नभइ आवेदन दिने जस्ता विधि नपुर्‍याएकाको आवेदन भने अस्वीकृत हुनेछ ।

अस्वीकृत आवेदनको संख्या बढेमा २० कित्ता पाउनेको संख्या अझ बढ्नेछ । ६ लाख ३१ हजार आवेदकले कुल २ करोड ४७ लाख कित्ताका लागि आवेदन माग गरेका छन् । कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँका दरले प्राथमिक सेयर निस्कासन गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>