Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०७९ मङि्सर २९ गते बिहिबार

निर्वाचन आयाेगले निर्वाचन मत परिणामसहितकाे प्रतिबेदन राष्ट्रपतिलाई बुझायाे ।

निर्वाचन आयोगले आम निर्वाचन– २०७९ को अन्तिम मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका सदस्यहरूले राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधि सभाको निर्वाचनको प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रतिनिधि सभामा निर्वाचित सांसदको नाम राजपत्रमा प्रकाशित भएपछि नयाँ सरकार गठनको प्रकृया सुरू हुनेछ । 

प्रदेशको मत परिणामसहितको विवरण पुस २ गते प्रदेश प्रमुखसमक्ष पेश गर्ने तयारी रहेको आयोगले जनाएको छ ।


#निर्वाचन आयाेग

प्रतिक्रिया