Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २१ गते शुक्रबार

दुना टपरि बजारिकणका लागि सुदुरपश्चिम बाट पूर्व माननियकाे टाेली पुग्याे पाेखरा

दुना टपरि बजारिकरणका लागि कंचनपुरबाट एक टाेलि गण्डकी प्रदेश पुगेकाे छ । उक्त टाेलीले दुनाटपरि उत्पादन गरि आयआर्जन गर्ने राेजगारि पाप्त गर्ने र वन ब्यावस्थापन समेत सहज गर्ने लगायतका उदेश्य राखेकाे सियफसिसि कंचनपुरका अध्यक्ष महेशदत्त जाेशीले बताएका छन ।
 सुदूर पश्चिम प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहनुभएका सामुदायिक वन समन्वय समिति (CFCC) कंचनपुरका अध्यक्ष महेशदत्त जोशी नेतृत्वमा  आज शुक्रवार प्रदेशकाे राजधानी पाेखरा पुगेकाे टाेलीले वनदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निरज भण्डारी, दुनाटपरी उत्पादन समूहकी संयोजक फूलकुमारी चौधरीसहित आज  माननीय गण्डकि प्रदेश प्रमुख डिल्ली राज भट्टलाई भेट्नु भएकाे छ ।

उक्त अवसरमा बनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नपा ९, राजघाट, कञ्चनपुरको टोलीले माननीय प्रदेश प्रमुख नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामनासहित गण्डकी प्रदेशमा दुनाटपरीको बजारीकरणका लागि आवश्यक भूमिका निर्वाह गर्नुहुने अपेक्षा पनि गरे ।
प्रदेश प्रमुखज्यूले आवश्यक सहजीकरण गर्ने बचनवद्धता प्रकट गरेकाे बहाकाे सचिवालयले जानकारी दिएकाे छ । वहाँकाे सचिवालयका अनुसार प्रदेश प्रमुख भन्नुभयो 'अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जंगलमा रुखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको हो । यदि पातलाई सही उपयोग गर्ने, दुना टपरी बनाउने हो भने यो समस्या केही कम हुने थियो । स्वआर्जनमा वृद्धि, मुलुकको आर्थिक विकासमा टेवा, महिला दिदीबहिनीले घरमै बसेर अर्थोपार्जन गर्न सकिनेछ । यसको बजारीकरण हुन आवश्यक छ । प्लाष्टिककै कारण विश्वमा प्रदुषण बढ्दो छ । हामीले दुनाटपरीको अधिकतम प्रयोग गरेमा प्लाष्टिकजन्य सामाग्री प्रयोगमा कमी आउनेछ र वातावरण स्वच्छतामा टेवा पुग्नेछ । विश्वसमुदायको ध्यान अब प्रदुषण न्यूनिकरणमा रहने र यस्ता प्लाष्टिकको विकल्पका साधनको उच्चतम प्रयोग गर्ने अवस्था हुने भएकाले हतोत्साही नभइकन यस्ता घरेलु उद्योगको प्रवर्द्धनमा जुटौँ ।'


#दुना टपरि

प्रतिक्रिया