Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०४ गते सोमबार

कृष्णपुरकाे अमखैयामा माेटरसाईकर, स्कुटर र ट्याक्टर संङ्गै दुर्घटना हुदा १ काे मृत्यु ५ घाईते ।

कृष्णपुर नगरपालिकास्थित गुलरियाको जंगलमा तीन साधनकाे दुर्घटना हुदा १ जनाकाे मृत्यु भएकाे छ । ५ जन घाइते भएका छन । माेटरसाईकलले स्कुटरलाई ओभरटेक गर्दा मोटरसाइकल ट्याक्टरमा ठोक्किएको छ। म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा से २ प ८२० नम्बरको ट्याक्टरसँग ठोक्किएको हो।

मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कृष्ण साउँदकाे मृत्यु भएकाे छ । गम्भिर उनको हाँत, खुट्टा र टाउकोमा चोट लागेर उपचारका लागि धनगढी लगिएको थियाे ।

ट्याक्टरमा सवार घोडाघोडी नगरपालिकाका ४ जना महिला र स्कुटर चालक बेदकोट नगरपालिका–३ का कोमलकुमार सिंह सामान्य घाइते भएका छन् । उनीहरुको गुलरिया स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


#दुर्घटना

प्रतिक्रिया