Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १३ गते बुधबार

पुर्नवास नगरपालिका कर्मचारिकाे दुर्घटनामा मृत्यु, नगरपालिकामा आज शाेक बिदा ।

पुनर्वास नगरपालिका–५ का कार्यालय सहयोगी दिपक बहादुर श्रीमालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

वडा नं. ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय श्रीमालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।

श्रीमालको घर वडा नं. ५ मा रहेको र उनी वडा कार्यालयमा सहयोगीका रुपमा कार्यरत थिए।

प्रहरी निरीक्षक मल्लका अनुसार सडकमा अचेत अवस्थामा फेला परेका श्रीमाललाई उपचारका लागि धनगढीस्थित सेती अस्पतालमा लगिएको थियो। उपचारका क्रममै उनको मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको आशंका गरिएको छ। कार्यालय सहयोगी श्रीमालको मृत्युको शोकमा पुनर्वास नगरपालिकाले आज एक दिन विदा गर्ने निर्णयसमेत गरेको छ। पुनर्वास नगरपालिका र नगर कार्यपालिकाको कार्यालय मातहतका सबै वडा कार्यालयहरु तथा विषयगत शाखाहरुमा आज शोक विदा रहने जानकारी नगरपालिकाले सूचनामार्फत दिएको छ।


#दुर्घटना

प्रतिक्रिया