Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बैतडी
२०७९ पुष २२ गते शुक्रबार

दाेगडाकेदारकाे दाेलीमा जिपकाे ठक्करबाट महिला घाईते, धनगढि रिफर गरियाे ।

महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका–५ दोलीमा स्कारपिओ गाडीको ठक्करले एक जना महिला घाइते भएकी छन्।

दाेगडाकेदार -५ दाेली  बस्ने ६८ बर्षीया धुरी ठगुन्ना घाइते भएकी हुन् । दार्चुलाबाट धनगढीतर्फ गइरहेको भे १ च २९५१ नम्बरको स्कारपिओले शुक्रबार दिउँसो करिब साढे १ बजेतिर पैदल यात्री ठगुन्नालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठगुन्नाको देब्रे खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि धनगढी पठाइएको छ।दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँका २६ वर्षीय चालक हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको बैतडि प्रहरिले जनाएकाे छ ।


#दुर्घटना

प्रतिक्रिया