Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७९ पुष २८ गते बिहिबार

सुदुरपश्चिम समेत यी प्रदेशमा हुस्सु, बदली र हिमपात हुने ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू-भागमा तथा  गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम , कर्णाली  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ । 

देशभरको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र तराईमा  बाक्लो  हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


#माैसम

प्रतिक्रिया