Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ०६ गते शुक्रबार

गाेदावरि नगरपालिकाकाे एक जंगलमा ट्याक्टर पल्टिदा एककाे मृत्यु एक घाईते ।

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन्। गोदावरी नगरपालिका–१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

उक्त दुघैटनामा कञ्चनपुरको पुनर्वास नगरपालिकाका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाका अनुसार चौधरीको ट्याक्टरको इन्जिनमा च्यापिएर उनको मृत्यु भएको हो।

उनी ट्याक्टरमा सहयाेगि कामदार हुन्। दुर्घटनामा ट्याक्टर चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।


#ट्याक्टर दुर्घटना

प्रतिक्रिया