Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
डाेटि
२०७९ फागुन ०६ गते शनिबार

डाेटि दुर्घटनामा २ जनाकाे मृत्यु ६ घाईते ।

के.आई.सिंह गाउँपालिका–१ लोलिमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । केआइसिंह–१ महादेब बस्ने बर्ष ३६ का चालक गोबिन्द्र शाही, केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा परी ६ जना घाईते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने बर्ष २७ को तेज तिरुवा र उनकी श्रिमती बर्ष २६ की राधा तिरुवा अवस्था गम्भीर रहेको छ । उहाँहरु दुबै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिनु भएको छ ।समान्य घाईते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् ।

दिपायलबाट घाँटलाया तर्फ जादै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप लोली भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजेतिर  दुर्घटना भइ सडक खण्ड बाट अन्दाजी ६० मिटर तल खसेको छ ।दुर्घटनाको जानकारी प्राप्त भए लगत्तै वायल बाट प्र.स.नी चन्द्र बहादुर कार्कीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक राज जोशीको कमाण्डको टोली घटनास्थल पुगेको छ ।


#जिप दुर्घटना

प्रतिक्रिया