Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
सुर्खेत
२०७९ फागुन ११ गते बिहिबार

धनडामा ट्रक दुर्घटना १काे मृत्यु १ घाईते ।

कर्णाली मार्ग सडकखण्ड अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका - ५ को धनडामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चालक दैलेख जिल्ला चामुण्डा बिन्द्रासैन नगरपालिका-७ का २८ बर्षीय छवि प्रसाद चौलागाई रहेको प्रहरी कार्यालय कालिकोटले बताएको छ। उनका अनुसार चौलागाईको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सह-चालक सोही ठाउँका १८ बर्षीय दिनेश शाही गम्भीर घाइते भएका छन्।

मुगुदेखि नेपालगञ्जका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ख ०३५६को मिनिट्रक बिहिबार बिहान करिब १ बजे सडकदेखि करिब ५०० मिटर तल खसेको प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुबराज बमले जानकारी दिए।  

ट्रकमा ग्यास सिलिन्डरको सामान मात्र रहेको सूचना अधिकारी बमले बताए।

प्रतिक्रिया