Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
लालझाडी
जुद्ध चाैधरी
२०७९ फागुन १७ गते बुधबार

कञ्चनपुरकाे लालझाडीमा खखडेहरा महाेत्सव हुने ।

राना थारु समुदायकाे विशेष महत्त्वपूर्ण चाड खखडेहरा पर्वकाे उपलक्ष्यमा कञ्चनपुरकाे लालझाडीमा दुई दिने खखडेहरा महाेत्सव लाग्ने भएकाे छ । राना कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा महाेत्सव हुन लागेको हाे ।

       मँगलवार पत्रकार सम्मेलन गर्दै मञ्चले साे कुराकाे जानकारी दिएकाे हाे । मञ्चले लालझाडी गाउँपालिका ३ नन्द गाउँकाे खेल मैदानमा महाेत्सव हुदैछ ।  राना थारु कला संस्कृतिकाे संरक्षण तथा प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले महाेत्सवकाे आयाेजना गर्न लागिएको मञ्चका अध्यक्ष नारायण रानाले बताए । कार्यक्रममा रानाथारु साँस्कृतिक झाँकि प्रदर्शन , स्थानिय कलाकारकाे नृत्य तथा गायन प्रस्तुति , जनचेतनामूलक नाटक , रानाथारु समुदायको खानाको परिकार  आदिकाे प्रदर्शनी रहने आयाेजकले जनाएको छ ।

हाेलि पर्वकाे अन्त्य सँगै मनाईने खखडेहराकाे छुट्टै महत्व रहेकाे छ । गाउँ समाजमा राेग ब्याधी, महामारी लगायत भुत प्रेतलाई भगाउने र खुशीयाली साटासाट गरी खखडेहरा पर्व मनाउने गरिन्छ । यस वर्ष रानाथारु समुदायले फागुन ३० र चैत १ गते खखडेहरा पर्व मनाउदैछन ।

प्रतिक्रिया