Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत ०९ गते बिहिबार

भाेलिबाट २१ दिन सम्म महाकालि नदिमा बनेकाे चारलेन पुल बाट आवत जावत राेकिने ।

कञ्चनपुरमा निर्माणधिन दोधारा–चाँदनी जोड्ने ४ लेनको पक्की पुल २१ दिनका लागि बन्द गरिने भएको छ । पुलको दुवै एबुटमेंट वालमा आरसिसि विग बाल निर्माण गर्न भोली शुक्रवार देखि २१ दिनसम्मका लागि पुलमा आवतजावत बन्द गर्न लागिएको हो ।

पुल बन्द रहेकाे समयमा सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग गर्न दोधारा चाँदनीका मेयर किशाेर कुमार लिम्बुकाे समन्वयमा  नदिबाट बाटाे बनाउने सहमति निर्माण कम्पनिसित भएकाे प्रमुख लिम्बुले बताउनु भयाे । नदिमा पानी बढ्दा भने बैकल्पिक बाटाे राेकिने अवस्था रहेकाे लिम्बू बताउनछन ।

साना ठुला सवारि साधन बाहेक माेटरसाईकल र पैदल महाकालिमा रहेकाे झाेलुङ्गे पुलबाट आवतजावत गर्न सकिन्छ ।


#महाकालि पुल

प्रतिक्रिया