Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत १७ गते शुक्रबार

भीमदत्त नगरका सडकमा चम्किन थाले सडक बत्तिका पाेल ।

भीमदत्त नगरपालीका क्षेत्रमा सुबिधा सम्पन्न सडक, नालि, बिधुत, खानेपानि, बत्ति, सडकपेटि निर्माण हुँदै छ । जस्मा १४.०१४ किलाेमिटर सडक २२.०८३ किलाेमिटर नाली र ७ सय ६८ वटा बिधुतबत्ति  पाेल सहित जडान निर्माण कार्य जारि छ ।

क्षेत्रीय शहरी बिकास आयाेजनाले ठेक्का लगाएकाे उक्त कार्यकाे ठेक्का ९९ कराेड १८ लाख ४४ हजार ४ सय ४८ रुपैया २४ पैसामा जेडआईईसि लामा जेभिले ठेक्का लिई खड्का कृष्ण निर्माण कम्पनिलाई काम गर्न दिएकाे छ ।

याे निर्माणमा प्रयाेग भैरहेका सडक बत्तिका पाेलहरु फलामे रहेका छन । जम्मा प्रयाेग हुने ७ सय ६८ पाेलमध्ये केही पाेलहरु लागिसकेका छन । सडकमा लागेका यी पाेलहरुमा लागेकाे केहिदिनमै खिया लागि सकेकाे अवस्था थियाे र समृद्धि पाेष्टले समाचार लेखेपछि पाेलहरुमा पुनः रंग लगाएर चम्काईएकाे छ ।

निर्माण सम्पन्न नहुदै किन खिया लाग्याे भन्ने बिषयमा समृद्धि पाेष्टले ठेक्का दिने कार्यालयका साईड हेर्ने ईन्जिनियर सन्जिप साह र ठेकेदार कम्पनिका ईन्जिनियरहरुसंग उक्त समयमा कुरा गरेकाे थियाे ।

ठेकेदार कम्पनिका ईन्जिनियरले फलामे पाेलमा पेन्ट लगाएकाे फेरि एक पटक लगाउने बताएका थिए । यस्तै आयाेजनाका ईन्जिनियर साहले पाेलहरु फलामकै भएकाे यस्मा गेल्भनाईज भन्ने उल्लेख नभएका कारण यस्तै फलामका पाेलमा प्राईमर र पेन्ट लगाउनु पर्ने हुन्छ । उक्त पाेल ठुलाे भएका कारण मेसिनले बाेक्दा केही पेन्ट बिग्रिएकाे हुनसक्ने बताएका थिए ।

अहिले लागि सकेका पाेलमा रंग लगाएर चम्किने देखएका छन भने शहर सुन्दरता समेत बढेकाे छ । निर्माण कम्पनिका प्रतिनिधिले जस्ताे क्वालिटिकाे पाईप पाेल स्टिमेटमा छ त्यस्मै भने अनुसारकाे रंग गरेर पाेल लगाईरहेकाे बताएकाे छ । अहिले बजार भागमा निरन्तर काम भैरहेकाे छ, तर नगरका मदन चाेक सालघाडि समेतका केही ठाँउमा निर्माण गर्नुपर्ने ठाउँ खालि गरेर नदिएका कारण काममा ढिलाई भएकाे निर्माण कम्पनिका प्रतिनिधिले बताएका छन ।






#सडक बत्ति

प्रतिक्रिया