Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०७९ चैत २० गते सोमबार

अपिहिमालमा अर्गानिक जाैँ काे बिस्कुट उत्पादन हुने ।

दार्चुलाकाे बिकट क्षेत्रमा रहेकाे अपिहिमाल गाउँपालिकामा अर्गानिक जाैँकाे बिष्कुट उत्पादन हुने भएकाे छ ।

गाउँपालिकाले एक दर्जन स्थानिय महिलाहरुलाई जाै बाट बिस्कुट बनाउने तालिम दिएकाे हाे । गाउँमै राेजगारि सिर्जना गर्न सकिने र आफ्नै उत्पादन हुने जाै बाट बिष्कुट बनाई स्थानिय ठाँउमा बेच्न र बाहिरकाे बजारमा समेत निर्यात गरेर स्थानियकाे आर्थिक अवस्था सुधार गर्न सकिने आशाका साथ याे कार्यक्रम अगाडि सारेकाे पालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले बताएका छन ।

तालिममा सहभागी महिलाहरुले घरमै बसेर आफ्नै उत्पादित अन्नबाट बिष्कुट बनाउन सकिने रहेछ । अब बिष्कुट उत्पादन गरेर केही आयआर्जन गर्न सकिन्छ भन्नेमा बिश्वस्त भएकाे बताएका छन ।

यसै सिलसिलामा अपिहिमाल गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच अपिहिमाल गाउपालिकाकाे स्थानीय अर्गानिक उत्पादन खरिद बिक्री तथा बजारिकरण गर्ने सम्बन्धि महत्त्वपूर्ण दुई पक्षीय सम्झौतामा समेत भएकाे अध्यक्ष बाेहराले बताएका छन ।

अगामी दिनमा अपिहिमालकाे उत्पादन ब्राण्डिङ सहित बजारमा पुग्ने र यसले गाउँपालिकाका जनताहरुलाई उत्पादनमूलक क्षेत्रमा काम गर्न, लगानी गर्ने हाैसला प्रदान गर्ने छ । साथै अपिहिमालकाे भेडा च्याँङ्ग्राहरु पनि कम्पनी ले किन बेच गरि बजारिकरण गर्ने छ । यसले भेडा च्याँङ्ग्रा पालक किसान हरुलाई पनि सहयोग पुग्ने बिश्वास रहेकाे अध्यक्ष बताउछन ।


#जाैँकाे बिष्कुट उत्पादन

प्रतिक्रिया