Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत २० गते सोमबार

माेटरसाईकल पन्चर हुदा बच्चा अर्काे माेटरसाईकलमा पठाउदा गयाे बच्चाकाे ज्यान, चालक समेत २ जना घाईते ।

दैजी बेलडाँडी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जना बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज दिउँसो बेलडाँडी देखि महेन्द्रनगर जाने क्रममा रौलेश्वर माविका शिक्षक टेकराज भट्टको मोटरसाइकल दुर्घटना हुदा मोटराइकलमा सवार बेलडाँडीका ८ बर्षिय बालक इस्बद ठकुरीको महाकाली अस्पताल पुर्याउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भने मोटरसाइकलमा अर्का ८ बर्षिय अर्चना जोशी र मोटरसाइकल चालक टेकराज भट्ट गम्भिर घाइते भएको प्रहरीले जाएको छ । घाइते भएका दुबैलाई अहिले धनगढी रेफर गरिएको छ ।

बेलडाँडी रौलेश्वर विद्यालयबाट घर फकर्ने क्रममा रौलेश्वरका भट्ट र अर्का शिक्षक अम्मर बहादुर शाही संगै जाँदै थिए । जंगलमा अम्मर शाहीको मोटरसाइकल पेन्चर भएको र पेन्चर हुदा उनले छोरालाई भट्टको मोटरसाइलमा बसाली दिएका र तपाइहरु हिन्दै गर्नु म विस्तारै आउछु भने पछि अलि अगाडी गएर मोटसाइकल एक्कासी नहरमा गएर दुर्घटना भएको जनाइएको छ । दुर्घटना हुने मोटरसाईकल पानीमा हुदा नम्बर खुलेको छैन् ।


#दुर्घटना

प्रतिक्रिया