Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बैतडी
२०७९ चैत २२ गते बुधबार

जिपकाे ठक्कर ७५ बर्षिय बृद्धकाे मृत्यु ।

बैतडीको डिलाशैनी गाउँपालिका—३ धौंकुचेकी एक वृद्धाको जिपको ठक्करले मृत्यु भएको छ। धौंकुचीकी ७५ वर्षीया गौरा नाथको जिपको ठक्करले मृत्यु भएको हो।

सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले नाथलाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा ठक्कर दिएको थियो। सडकमा हिँडिरहेका बेला बुधबार अपराह्न ४ बजे ठक्कर दिएको र नाथको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

डिलाशैनी गाउँपालिका–१ का जिप चालक रोशन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोली घटनास्थलमा छ।


#दुर्घटना

प्रतिक्रिया