Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बैतडी
२०७९ चैत २९ गते बुधबार

भारत बाट घर फर्किदै गरेका एकै गाउँका ६ जनाकाे झाैलेक दुर्घटनामा मृत्यु ।

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको मृत्यु भएको उनले बताए । उनीहरू सबै नयाँ बर्षकाे अवसरमा बिसु  पर्वमा भारत बाट घर आउदै गरेका सबै एकै गाउँका रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


#दुर्घटना

प्रतिक्रिया