Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बैतडी
२०७९ चैत ३० गते बिहिबार

झाैलेक दुर्घटनाका फरार चालक पक्राउ, मृतक परिवारलाई स्थानिय तहले राहत दिने ।

बैतडीको झौलेकमा जिप दुघर्टना पछि फरार रहेका चालक पक्राउ परेका छन् । दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरा ढोल्यामोडबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् ।

पक्राउ परेका चालक बोहरा माथी सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी निरीक्ष खत्रीले बताए । खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन ८ को झौलेक मोडमा मंगलबार राति ११ बजे दुर्घटना हुँदा बझाङ केदारस्यू बाँझका ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिप सवार पाँचजनाले हाम फालेर ज्यान बचाएका थिए ।

दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्त बुधबार आन्दोलित भएका थिए । उनीहरूले चालक,साहुलाई नियन्त्रणमा लिन र राहत  दिन माग गर्दै शव नबुझ्ने अडान लिएका थिए । चालक र सवारी धनि सम्पर्कमा आएर केदारस्युँ गाउँपालिकाले पनि राहत दिने भनेपछि उनीहरूले आन्दोलन फिर्ता गर्दै शव बुझेका छन् ।


#झाैलेक दुर्घटना

प्रतिक्रिया