Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० बैशाख १२ गते मङ्गलबार

चितवन २ मा रास्वपा सभापति ४४ हजार बढि मतान्तरले बिजयी ।
फायल फाेटाे

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भएका छन् ।  

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहे ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा यहाँबाट लामिछाने नै निर्वाचित भएका थिए । नागरिकता प्रकरणमा उनले पद गुमाएपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो ।

गएको आइतबार भएको मतदानमा यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो । चितवन–२ मा २२ उमेदवार प्रतिस्पर्धामा थिए ।


#रबि लामिछाने

प्रतिक्रिया