Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० बैशाख १७ गते आइतबार

महाकाली करिडाेरकाे लेखकले गरे अनुगमन निरिक्षण, दशै सम्म डडेलधुरा सम्मकाे ट्रयाक खाेल्न निर्देशन ।

नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकले आफ्नाे निर्वाचन क्षेत्रकाे कञ्चनपुर खण्डमा निर्माणधिन महाकाली करिडोरको अनुगमन निरिक्षण गरेका छन ।

आइतबार लेखक सहितका प्रदेशका जनप्रतिनिधी, भीमदत्त नगरका नगर प्रमुख उप-प्रमुख, कराेडाेर प्रमुख, ठेकेदार समेत महाकाली करिडोर जिरो प्वाईन्टको अनुगमन गरेका हुन ।

दाेधारा चाँदनि सुख्खा बन्दरगाह देखि भीमदत्त नगरपालिका-९ ब्रम्हदेबहुदै डडेल्धुरा, बैतडी, दार्चुला तिङ्कर तिब्बत जोड्ने महाकाली कोरिडोरको अनुगमन गरेका छन ।

कञ्चपुरकाे भिनपा-९ क्षेत्रमा पर्ने वन क्षेत्र खण्डको झण्डै ११ किलोमिटर र डडेल्धुरा क्षेत्रकाे ४ किलाेमिटर ट्याक खोल्नका लागि दिवा सन्नीदेव जेभीले ठेक्का पाएको छ ।

ब्रम्हदेबदेखि उत्तर निर्माण हुने कोरिडोरको अनुगमन गर्दै पुर्व मन्त्री लेखकले निर्माण कञ्चनपुरको नाकालाई त्रिदेशीय नाका विस्तारका लागि निर्माण हुने कोरिडोर समयमै सम्पन्न गर्न निर्माण कम्पनीसंगआग्रह गरेका छन । उहाँले आउदाे दशै सम्ममा बाटाे खाेल्ने गरि काम सक्न ठेकेदारलाई निर्देशन दिएका हुन ।

नेता लेखकले भने चुनावका बेला जनतासामु गरेका वाचा पूरा गर्ने हिसावले आफू याेजनाबद्व रूपमा काम गरिरहेकाे बताउदै दशै सम्ममा करिडाेरकाे ट्रयाक डडेलधुरा सम्म खाेलि सक्ने यहि बाटाे भएर डडेलधुरा जानेगरि काम गर्न निर्देशन दिएका छन ।”

५ बर्ष भित्र जनता संग गरेका सबै बाचा पूरा गर्ने समेत बताउनु भएकाे छ । यस्तै उहाँले साे क्षेत्रका विभिन्न स्थान र जनता संग भेटघाट गरि समस्या बुझ्दै विकासका लागि सुझाव समेत लिनु भएकाे छ ।

महाकाली करिडोर निर्माण सम्पन्न भए कञ्चनपुरदेखि दार्चुलासम्म मात्रै नभई नेपाल भारत चिन त्रिदेशीय नाकाकै रुपमा विकास विस्तार हुने अपेक्षा गरिएको छ ।
करिडाेर याेजना प्रमुख लक्ष्मण दत्त जाेशीले ठेक्का भएकाे दुई बर्षसम्म बनले कटान आदेश नदिदा काम गर्न नपाएको केही समय पहिला आदेश प्राप्त भएपछि काम सुरु गरेकाे छ । दशै सम्म कंचनपुर सेक्कसनमा ट्याक खाेल्ने काम सम्पन्न सम्पन्न गर्ने लक्ष रहेकाे बताए ।

ठेकेदार कमिनी प्रतिनिधिले केहि समस्या नआए दशै सम्म ट्रयाक खाेलिसक्ने बताएका छन ।
उक्त खण्डका १९ सय बढि रुखहरु रहेका छन ।


#मकाहाली करिडाेर

प्रतिक्रिया