Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० बैशाख २५ गते सोमबार

भन्सार बिन्दुमा राेकिएन भन्सार छली, सुकासालबाट पक्राउ परे ५ जना ।

भीमदत्त नगरपालिका १० सुकासालबाट भन्सार छलेर भारतबाट ल्याएका समान सहित पाँच जना पक्राउ परेका छन् ।

सोमबार दिउसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले भीमदत्त नगरपालिका–५ स्थित सुकासालबाट भन्सार छली गरी लुकाइछिपाई ल्याइएको दाल, मिश्री र चिनीलगायत सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार २ लाख ७९ हजार हजार ३ सय ५० रुपैयाँ बराबरका सामान र मोटरसाइकल तथा स्कुटर सहित ५ जना ब्यक्ति पक्राउ परेका हुन। बरामद सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।
भन्सार बिन्दुबाट दैनिक यसरी भन्सार छलि भैरहने गरेकाे छ । 


#भन्सार छलि

प्रतिक्रिया