Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० जेठ १८ गते बिहिबार

डाेटिमा बाटाे बनाउदै गरेकाे एस्काभेटर दुर्घटना चालक घाईते ।

 सायल गाउँपालिका वडा नम्बर ३ स्थित झिग्राना बेटरा सडक निर्माण गरिरहेको बा ३ क ४०४५ नम्बरको एक्स्काभेटर बुधबार दिउँसो  दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार दुर्घटनामा परि कैलालीको गौरीगङ्गा-५ का २४ वर्षीय विकास सिजापति घाइते भएका छन् । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

सडक निर्माण गरिरहेको एक्स्काभेटर माथि ढुङ्गा खस्दा दुर्घटना भएको हो । एक्स्काभेटर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ ।


#एस्काभेटर दुर्घटना

प्रतिक्रिया