Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० जेठ २७ गते शनिबार

नेपालकै उच्च तापक्रम धनगढिमा थियाे के याे ब्रेक हुन्छ, यस्ताे छ पुर्वानुमान ।

नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ को जुन ५ मा धनगढीमा भएको उच्च तापक्रम नै अहिलेसम्म नेपालमा मापन गरिएको सबैधन्दा धेरै गर्मी हो । 

“त्यो समय धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता त्यति धेरै तापक्रम नेपालमा पुगेको छैन,” मौसमविद् वरुण पौडेलले भने । 

काठमाडौंको अहिलेसम्मको उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको र त्यसयता उक्त रेकर्ड ब्रेक नभएको मौसमविद् पौडेल बताउँछन् । 

सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । 

 मध्य र पश्चिम तराईका जिल्लामा केही दिन अझै तापक्रम उच्च रहे पनि पूर्वी तराईका भू–भागमा भने अब विस्तारै गर्मी घट्ने उनको भनाइ छ । केही दिनमै मनसुन प्रवेश हुने समय आएकाले पनि अब धेरै तापक्रम नबढ्ने उनको तर्क छ ।

पूर्वी तराईमा बादल देखिन थालिसकेको उनले जानकारी दिए । त्यसैले पूर्वी क्षेत्रमा अब तापक्रम नबढ्ने मौसमविद् पौडेलको भनाइ छ ।  


देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा / लू   चलिरहने । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ  । तसर्थ, अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन माैसम पुर्वानुमान विभागकाे अनुरोध छ।


#माैसम

प्रतिक्रिया