Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बझाङ्ग
२०८० असार ०५ गते मङ्गलबार

आन्तरिक मामिला मन्त्रि सिंह सवार जिप बझाङ्गमा दुर्घटना, प्राथमिक उपचार हुँदै  ।

बझाङमा सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा मन्त्री पृथ्वी बहादुर सिंहसहित ४ जना घाइते भएको बझाङ्ग प्रहरीले जनाएको छ।

डडेल्धुराबाट चैनपुर जाने क्रममा आज दिउँसो १:४५ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना गाडी दुर्घटना भएको हो।

गाडी सडकबाट ३५-४० मिटर तल कालंगा खोला किनारमा खसेको छ । दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।

मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ। उनको देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।


#मन्त्री सवार गाडि दुर्घटना

प्रतिक्रिया