Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०८० असार ०६ गते बुधबार

ग्वानिमा ट्रक दुर्घटना हुदा तालक र साहु घाइते उपचार हुँदै

जिल्लाको शैल्यशिखर नगरपालिका –६ ग्वानीमा मंगलबार ट्रक दुर्घटना भएको छ।

ट्रक दुर्घटना हुँदा चालक र गाडी धनी घाइते भएका छ्न।धनगढीबाट दार्चुला सदरमुकाम खलंगा तर्फ जाँदै गरेको सुपप्र ०१००१ क १६९२ नम्बरको ट्रकको स्टेरिङले काम नगर्दा ट्रक दुर्घटनामा परेको हो।

घाइते हुनेमा गाडी चालक करन सिह राना र गाडी साहु जनक राज बिस्ट रहेका छ्न।

प्रहरीका अनुसार चालकको खुट्टामा चोट लागेको छ। दुबै जनाको गोकुलेश्वर अस्पताल उपचार भइरहेको छ। अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ट्रक मंगलबार राती पौने ९ बजेतिर दुर्घटनामा परेको हो। ट्रक सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धनगढीबाट दार्चुला सदरमुकाम खलंगा तर्फ जाँदै गरेको ट्रकमा चामल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया