Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० भदौ २४ गते आइतबार

बझाङ्ग जाँदै गरेका २ बस आपसमा ठाेक्किए

धनगढी बाट बझाङ आउदैं गरेका दुई वटा बस एक आपसमा ठोक्किएका छन् ।

जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे हरिहर प्लाजा नजिकै आज आईतबार दिउँसो करीव २ बजे तिर खप्तड मालिका गाडी २८७१ नम्बर बसले डिलेक्स ३२३२ नम्बरको बस एक आपसमा ठोकिएका हुन् ।

दुई दिन यता भारी वर्षा भईरहेका कारण सिलिप खाएर एउँटा बसको अगाडीको भाग र अर्को बसको पछाडीको भाग एक आपसमा चिप्लीएर ठोक्कीदा सामान्य क्षति भएको हो ।

यात्रु र चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया