Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०८० भदौ २७ गते बुधबार

कालापानी काठमाडौ लाई तीन दशक सम्म नदुख्दा महाकालीमा निर्माणाधिन पुलकाे काम नेपालपट्टि स्थगित।

दार्चुलाकाे महाकाली नगरपालिका वडा ८ मा नेपाल भारत जाेड्ने सिमा पुलकाे काम बुधबार दिउसाे बाट नेपाल पट्टि राेकिएकाे छ ।
दार्चुलाबाट  प्रतिनिधि सभा सदस्य बनेका तत्कालिन माननीय स्वर्गीय प्रेमसिह धामिले पहिलाे पटक सदनमा कालापानी दु:ख्छकि दुःख्दैन भनेर प्रश्न राखेका नेताकै २६ औ स्मृति दिवसका दिन महाकाली नदिमा बन्न लागेकाे पुलकाे काम राेकिएकाे हाे ।

भाद्र २२ गते शुक्रवार ब्यासकाे छायाँलेकमा शसस्त्र बिओपि राख्ने कार्यक्रममा अथितिका रुपमा रहेका महाकाली नगरपालिका का मेयर नरसिह चैसिर, ब्यासका अध्यक्ष मंगलसिह धामी र एक विद्यार्थी नेतासंग पास भएर पनि भारतले भारत बाट नेपाल जान राेक लगाएकाे थियाे ।
यसै बिषय संग सम्बन्धित भएर महाकाली नगरपालिका मेयर समेतकाे टाेलिले नेपाल तर्फ सामान ढुवानिमा राेक लगाएकाे भारतिय निर्माण कम्पनि पिएनआरका साइड इन्चार्ज नरेन्द्र शर्माले बताएका छन ।

यश बिषयमा थप जानकारि केही समयपछि समृद्धि पाेष्टलाई दिने मेयर चैसिरले बताएका छन । भारतियले नेपाली लाई दु:ख दिन अनेक बहाना तिगडम गर्ने गरेकाे छ । नेपाल देखि भारत जान चिनकाे हवाला दिदै नेपालिहरुलाई नागरिकता लगायत कागजात बिना भारत प्रवेशमा राेक लगाएकाे छ  भने समाचार संकलन गरेकाे बिषयमा समृद्धि पाेष्ट डटकमका सम्पादक मदन राज जाेशी लाई २०६५ सालमा बनबसा पुल स्थित प्रहरिले नेपाली भुमिबाट अपहरण गरि क्यामरा कार्ड लगायत सामाग्रि लसटेकाे थियाे । केहिदिनपछि आफैले फिर्ता पठाएका थिए । 


#नेपाल भारत पुल निर्माण नेपालपट्टि स्तगित

प्रतिक्रिया