Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असोज ०२ गते मङ्गलबार

कंचनपुरमा सशस्त्र प्रहरिले ठुलाे परिणाममा अबैध सामान बरामद ।

सशस्त्र प्रहरी कंचनपुरले जिल्लाका विभिन्न सिमा सुरक्षा गुल्म बाट खटिगएका शसस्त्र प्रहरिले ठुलाे मात्रामा अबैध सामान बरामद गरेकाे छ ।

सीमा सुरक्षा गुल्म बेलौरी कञ्चनपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश रानाको कमाण्डमा खटि गएको ५ जनाको सीमा गस्ती टोलीले बेलौरी ननगरिालिका ०६ स्थित वैशाखा सीमा ईलाकामा अवैध रूपमा भन्सार छली भारतबाट नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको रु.१,४०,९८०।- बराबरको किराना, हार्डवयर र कपडा बरामद गरि कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।

यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले साेमबार सशस्त्र प्रहरी नाइव उपरिक्षक सुदन आचार्यको कमाण्डमा खटि गएको ७ जनाको मोबाईल गस्ती टोलीले जिल्ला कञ्चनपुर भीमदत्त नगरपालीका ११ भन्सार रोड ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेका ९ कार्टुन पेन्सिल र सु.प्र.प.०२००१ ह १९५८ नम्बर (कालो नं प्लेट) काे बजाज कम्पनिकाे अटो १ थान बरामद गरि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएकाे छ ।
यसरी दैनिक जसाे अबैध चाेरि तस्करिका सामान शसस्त्र प्रहरिले बरामद गरेकाे थियाे ।

प्रतिक्रिया