Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० कार्तिक १२ गते आइतबार

एमाले नेताहरु सवार गाडि पल्टियाे ११ जना घाईते

काभ्रेमा भएको गाडी दुर्घटनामा ११ जना घाइते भएका छन् । नेकपा एमालेका नेताहरु सवार रहेको बा १४ च ७०७७ नम्बरको गाडी सडकमै ब्रेक फेल भइ पल्टिएको प्रहरीले जनाएको छ ।

काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले दिएको जानकारीअनुसार गाडीमा १८ जना थिए भने ११ जना सामान्य घाइते भएका छन् । त्यसमध्ये नेकपा एमालेकी नेतृ नवीना लामा पनि रहेकी छन् । उनीसहित सबै घाइतेको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया