Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० कार्तिक २३ गते बिहिबार

बेलाैरिमा घरबाटै चाेरियाे स्कुटर, खाेज्दै प्रहरी

कञ्चनपुरको बेलौरीमा चोर समूह सक्रिय भएको छ । गएराति मात्रै पनि बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीबोझाबाट एक जनाको स्कुटी चोरी भएको छ । लालझाडी गाउँपालिकामा कार्यरत रेनु बडायकको हात्तीबोझा स्थित घरबाटै मध्यरातमा स्कुटी चोरी भएको हो । घरको बरण्डामा राखेको स्कुटी चोरी भएको र मध्यरातमा बाहिर आउँदा स्कुटी नदेखेपछि तुरुन्तै सुरक्षाकर्मीलाई जानकारी गराएको उहाँले बताउनु भयो । 

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले सुरक्षा संयन्त्र परिचालन गरी खोजीकार्य तीव्र पारिएको बताउनु भएको छ । पहेँलो-कालो रङ्गको सु.प.प्र. ०१-०१० प ९४७१ नम्बरको स्कुटी चोरी भएकोले कसैले देखेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन पनि अनुरोध गरिएको छ ।


#चाेरि

प्रतिक्रिया