Samriddhipost
२०८१ जेठ ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८० कार्तिक २४ गते शुक्रबार

पाैरख पखेरु
लेखक- अधिवक्ता भिष्म जाेशी

भिष्म जोशी 
नैनकला सदाझै बिहानै भैँसी लाई घास काटेर घर फर्किदै हुनुहुन्थ्यो, पिठ्यूँमा घासको भारी थियो
। पल्लो घरको एकजना देवर आएर भाउजु घास लिन जानु भाको रैछ भनेर भन्छ । नैनकला
लाई पनि पल्लो घरको देवर आज हस्यान्ग फस्यांग गर्दै किन आएछ त भन्ने लागेको थियो नै
। तर मनमा चिसो त सधै परिनै रहन्छ ्र घर छोडेर परदेशिएका हरूको घरमा सधैं यस्तो भइनै
रहन्छ, टाढाको मान्छे के छ , कस्तो छ , के गरिरा होला , के खान्छ होला आदि इत्यादि ।
प्रदेसी को घर मा कुन बेला कस्तो खबर पो आइलाग्छ भनेर सधैं एक खाले त्रास मनमा सधैं
परिनै रहन्छ । आज भने उनले मन दरो बनाइन् र गाउँले देवरलाई बस्न आग्रह गरिन् । नैन
कला को श्रीमान बिदेस मा भए पनि अरु जस्ती फुई झार्दै हिड्ने र श्रीमान को कमाइमा रजाई
गर्ने खालकी थिइनन् उनी। उनी चौबिसै घण्टा आफ्नो घरको काममा व्यस्त हुन्थिन, लगनशील
र मेहनती छिन । त्यसैले त घरमा सासु, ससुरा, देवर, देवरानी हरु छुट्टिएर अलग भए पनि
एकलै ले तीन ओटा साना साना बालबालिका, तराईको आधा बिघा जमीन, दुइटा भैंसी, बाख्रा, गाई,
तिनका बाच्छा, बाच्छी, पाडा, पाडी जुन गोठ भरि छन् पालेकै छिन वा भनौं एक्लो ज्यानले
घरभित्र र गोठ दुवै सम्पन्नता ले भरेकी छिन, कुशलता पुर्बक घर सम्हालेकी छिन । श्रीमान
पनि विदेश गएका छन् पैसा कमाई रहेकै छन् । यो भन्दा बढी मान्छे लाई के चाहियो र मेहनत
गर्यो भने भाग्य कमारो भएर आफै घरमा आउँदो रहेछ भनेको यही त  होला नी । बुढो बाट प्राप्त
हुने भौतिक सुख मात्रै त होनी अहिले नभएको ्र अव केहि दिन पछी श्रीमान पनि आइहाल्नु
हुन्छ अनि श्रीमान सुख भैहाल्छ र पाइहालिन्छ नी । पर्खाइको  आनन्द नै बेग्लै हुन्छ भनेर
स्वर्गिय आनन्द ले काम गरिरहेकै थिइन् । त्यसैले देवर आएको खुसीमा ल ल बाबु बस मैले
भारी बिसाएर नास्ता बनाई नै हाले भनेर भनेकी मात्रै के थिई देवर ले ‘दाजु हरिनारायण
मलेसिया मा बेपत्ता भएको भनी उनी सँगै बस्ने गरेको उनको साथी लक्षमण ले खबर गरेको
हुनाले त्यही खबर पुर्याउन आएको भाउजु’ भन्न पुग्दछ । नैन कला पिठ्युँको भारी सँगै बेहोस
भएर लड्नपुग्छिन्। गाई भैंसी पनि आफ्नो अभिभावक त्यसरी लडेको देख्दा रुन थाल्छन् । देवर
ले नैन कला लाई पानी ल्याएर पानी दिन्छन अनि होस मा आएर रुन थाल्छिन् ्र साना
छोराछोरी ले पनि एक्कासी आमा रोएको देख्दा रुन थालिहाल्छन् । कोलाहल मच्चिन्छ । पुरै
गाउँले हरु नैन कला को घरमा जम्मा हुन्छन्, सम्झाउँछन् । होइन यसरी नरुनुस केही भाछैन
होला कहीं अर्को ठाउँमा गयो होला, भोलि पर्सी फोन गरी हाल्ला, समाचार आइहाल्ला भनेर

सम्झाउँछन् । टाढाको कुरा नैन कला लाई आफ्नो श्रीमान गाउँमै भएको भए खबर गर्न त हुन्थ्यो
्र कहा सात समुद्र परीको कुरा अब भेटिन्छ, भेटिन्नन भन्ने पर्छ ्र कस्तो खबर पो आउँछ ्र
अस्ति फोन गर्दा त अब दुइ वर्ष पूरा भयो केही दिन मा पैसा लिएर घर आउँदै छु भन्ने कुरा
गर्नु भाथ्यो भनेर सम्झेर झन् रुन थालिन्, छिन छिन मा बेहोस हुने गर्थिन् । प्रकिति को लीला
न हो। प्रकृतिले दिएको चोट त सहनै पर्यो । आफ्नो श्रीमान को स्थिति पत्ता लगाइदिन भरमग्दुर
प्रयास गरिन् ्र राज्य का निकाय संग गुहार माग्दा माग्दै केही सीप नलागे पछि थाक्छिन।  यस्तै
बीस दिन पछि खबर आउँछ कि ‘होइन हरिनारण भेटियो रे’ भन्ने खबर सुनिन । यो सुन्दा
साच्चिकै खुसी नहुने भन्ने भयेन ्र उनी के होला, कस्तो होला, के भएछ, किन बेपत्ता भएको
भनिएछ रु भन्ने उत्सुकता मेटाउन खबर ल्याउने पल्लो गाउँको त्यै देवर को घरमा जान्छिन् ।
उसले पनि यस्तो यस्तो भको रैछ भन्ने पुरै जानकारी त भएन । तर अपुष्ट खबर के ल्याएछ
भने उ घाइते अवस्थामा मलेसिया को अस्पताल मा छ रे ्र उपचार हुँदै छ भन्ने खबर भन्छ ।
तर के भको हो रैछ किन अस्पताल मा गएछन् ्र कस्ता होलान् भनेर जिज्ञासा राखिन् तर थाहा
हुने कुरा थिएन । मन भारि बनाउँदै जे भए पनि आफ्नो श्रीमान जीवित रहेको कुरा मा भने
ढुक्क भइन। हुन् त कसैको पनि आफन्त मान्छे मरेपछि पनि प्रिय मान्छे ले आफन्त मरेको
कुरा पत्याउँदैन तर उनको भने त्यस्तो भएकै होइन । तर श्रीमान जिउँदो छ भन्ने भए पछि नैन
कला घर फर्किन्छन्। उता श्रीमान बल्ल बीस दिन पछि आफूलाई अस्पताल को बेड मा रहेको
थाहा पाउँछन् । वा भनौं आफू घाइते भएर बेहोस भएको रहेछु । अनि अस्पताल मा रहेछु भन्ने
कुरा थाहा पाउँछन् । त्यस पछि उनले अस्पताल लाई आफ्नो कामगर्ने कम्पनी र आफ्नो साथी
लाई खबर गरिदिन आग्रह गरेपछि हरिनारायण घाइते भएर अस्पताल भर्ना भएको कुरा घरमा
थाहा हुन् पुगेछ । उनको उपचार तीन महिना जती त्यही मलेसिया को अस्पताल मा चलेपछि
त्यहाँ उपचार गर्न महंगो हुने र घर परिवार बाट समेत टाढा हुने भएकाले उनी फर्केर नेपाल
आउछन् र घरका मान्छे ले उपचार गराउन दिल्ली लैजान्छन । दिल्लीको अस्पताल मा झण्डै
एक वर्ष लामो उपचार गरे पछि उनी सञ्चो भएर घर आउछन ।
उनलाई भएको के रैछ भने मलेसिया मा दुइ वर्ष काम गरिसके पछि घर आउने तयारी का लागि 
दुई वर्ष लगाएर कमाएको पैसा बैंक बाट निकालेर अर्को ठाउँ बाट घर पठाउन जाने बेलामा
हरिनारायण लाई अपराधी हरुले अपहरण गरेर उनीहरूको गाडीमा आँखा बन्द गरेर राखेछन् र
उनि संग भएको जति सबै पैसा दुइबर्ष दुख गरेर कमाएको पैसा जति सबै लुटेर लगेछन् । पैसा
मात्रै लुटेको भए पनि हुन्थ्यो तर उनीहरूले हरिनारायण लाई धारिलो हतियार घाँटी मा प्रहार
गरेछन् । हात काटेर फालेछन् । अनि मर्यो भनेर आफ्नो गाडी बाट घाइते हरिनारायण लाई
सडक किनारा मा फालेर गएका रहेछन् । यो कुरा पछि हरिनारायण ले आफै भने पछि थाहा

भएका कुरा हुन् । उनी त्यो घटना लाई आफू मरेपछि भनेर भन्दा रहेछन् । किनकि अहिले उनी
उपचार गरी बाँचे पछिको जीवन लाई अर्को नौलो जीवनका रूपमा लिने गर्छन उनी ।
नया दिल्ली मा उपचार सकेर उनि दिल्लीबाट नेपाल घर आउँछन् । घरमा केहि बर्ष आराम
गरेपछि काम गर्ने ज्यान लाई खालि बस्ने मन हुदैन ्र त्यत्रो घाइते भएको ज्यान सञ्चो हुने
भन्ने कुरा त थिएन तर पनि मानिस ले बाँच्दा सम्म पौरख गर्नु पर्छ भन्ने आँट जिउँदै रहेको
हुँदा उनी अहिले आफ्नै गाउँमा घर परिवार सँगै बसेर आनन्द ले कृषि व्यवसाय गरिरहेका छन् ।
उनी सँग अहिले दस वटा भैंसी सात ओटा पाडी गरेर जम्मा सत्र ओटा भैंसी पालन गरिरहेका
छन् । यस मध्ये पाच ओटा लैनो भैसी छ ।  आठ ओटा व्याउने भैंसी छ । अहिले उनि दैनिक
पचास लिटर दूध बेचिरहेका छन् । घरमा टन्न आफूलाई चाहिने दूध राखेका छन् । गाउँ घर मा
सबैको उदाहरणीय बनेर बसेका छन् । मासिक एक लाख बीस हजार रूपियाँ आम्दानी गर्छन् ।
तर मलेसिया जाँदा निकालेको ऋण पनि तिर्न नसकिने पो हो कि जस्तो लाग्थ्यो किनकि त्यति
खेर उनले मासिक पन्ध्र हजार रूपियाँ पनि बचाउन नसकेको गुनासो गर्नु हुन्थ्यो ।
अहिले आएर बिदेस जाने त्यो निर्णय ले झण्डै ज्यान लिएको र लाखौँ पैसा स्वाहा भएको ले
आफ्नै देश मा पौरखी भएर केही उत्पादन मुखी व्यवसाय गर्नु नै स्वर्ग रहेको कुरा बताउँछन् र
पौरखी युवा हरुका प्रेरणाका स्रोत बनेर गाउमा बसेका छन्  ।
अहिले आएर उनको तिन सन्तान मध्येकी जेठो छोरी नजिकै को बजारमा डेरा गरेर स्नातक
सक्दै गरेकी छिन ्र अर्को छोरा ंद्द पढ्दै गरेको र अर्को छोरा स्कूल पढ्दै गरेका छन् । खुसि,
आनन्द र सुख छ घर मा ्र पढाइ को अलावा छोराछोरी हरुले घरको काम मा सहयोग गर्ने
गरेका छन् ।  अब थप भैंसी पाल्ने, कुखुरा पाल्ने र अझै व्यवसाय लाई अगाडि बढाउने योजना छ
उनको ।
त्यो अकल्पनीय र भयावह घटना बेहोरेका हरिनारायण आफ्नो बिगत मात्रै सम्झेर बसेका भए के
के हुन्थ्यो के के रु तर उनको परिवार प्रतिको अभिभावकत्व र जिम्मेवारी पन सानै पन्ध्र सोरह
बर्ष को उमेर मै गरेको पहाड बाट तराइ को बसाइसराइ, बसाइ सराइ गरेर जमिन किन्दा खेरिको
त्यो ऋण अनि बिबाह गरेपछिको घरको थपिएको जिम्मेवारीले उनलाई धेरै पढेको नभए पनि
मेहनती र पौरखी बनाएको थियो ्र त्यो डरलाग्दो बिगत संग कठिन संघर्ष गरेर आज उनले
आफ्नै सुन्दर संसार बनाएका छन्, रमाई रहेका छन् आफ्नो सानो सुन्दर संसार बनाएर ्र
आफुले त्यति धेरै पढ्न नपाए पनि छोरा छोरी हरुलाई जति पढे पनि, जस्तै शिक्षा लिए पनि
पढाउन सक्ने बनेका छन् ्र अरु जस्तै आवस्यक धनि बन्न चाहिने जति सम्पत्ति पौरख गरेर
जोडेकै छन् ्र छोरा छोरी लाई सक्षम बन्न प्रेरित गरिरहेका छन् र उनीहरुमा आफै गरिखाने
बनाउन का लागि स्वाबलम्बनको पखेटा लाई दिदैछन हरिनारायण ्र छोरीले स्नातक सक्ने बेला
भएको र उनी आफ्नै खुट्टामा उभिने भइसकेको बताउँदा नैन कला अन्तर मन देखि नै खुसी व्यक्त गर्दछिन।

साझको पाच बजेको हुन्छ, नैनकला का श्रीमान बाल्टी भरि ताजा दुध दुहेर
ल्याउछन, मिठो दुध एक एक गिलास परिवारका सबै सदस्य बसेर संगसंगै खान्छन।


#पाैरख पखेरु

प्रतिक्रिया