Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ ०१ गते शुक्रबार

कार्यकर्ताको रेखदेख तथा व्यवस्थापन बारे

कार्यकर्ताको हेरचाह,संरक्षण र बढुवा जस्ता बिषय एकदमै महत्वपूर्ण बिषय हुन । आमा बाबुले आफ्नो छोराछोरीको हितमा जसरी ध्यान दिने गर्दछन्  कार्यकर्ताको जीवनको लागि पनि पार्टीले त्यसरी नै ध्यान दिन जरुरी छ । पार्टीको हितको लागि जस्तो सुकै बलिदान गर्न पछी नपर्ने कार्यकर्ता नै पार्टीका वास्तविक मेरुदण्ड हुन । उनीहरूको सर्वोपरि हितको पक्षमा पार्टीले त्यसरी नै पार्टीले योजना बनाउनु पदर्छ । कार्यकर्ता संग सन्तुलित व्यावहार र उसको राजनैतिक ईमान्दारीता तथा पेशागत योग्यताको सर्वोपरि मूल्याङ्कन गर्नु पर्दछ । कहिले एकदमै माथी पुर्याउने र कहीले एकदमै तल खसाल्ने गर्नु हुदैन । कार्यकर्ताको कमजोरी हेरेर बस्ने र ठूलो गल्ती गरे पछी कडा सजाय गर्नाले पार्टीलाई ठूलो नोक्सान हुन्छ । कार्यकर्ताको हरेक व्यवहारमा सधैंभ ख्याल गर्ने र समय समयमा उसका कमजोरीको लागि उचित सल्लाह दिने गर्नुपर्दछ । कार्यकर्ताको जीवनमा आई पर्ने विभिन्न समस्याको सम्बन्धमा व्यवस्थित योजना बनाएर समाधानका उपायहरू खोज्नु पर्दछ । नेतृत्वले समस्यालाई ध्यान पूर्वक सुन्ने र समाधान गर्न गम्भिरताको साथ लाग्नु पर्दछ । देश,जनता र क्रान्तिलाई नै सबैभन्दा महान चीजहरू भनेर हिडेका कार्यकर्ता बाट हुन सक्ने गल्तीको कारण पार्टी बाट निष्कासन गर्ने जस्ता बिषयमा निकै ध्यान दिनु पर्दछ । यस्तो अवस्थामा ठूलो नोक्सानी हुन सक्ने तर्फ पनि ध्यान जानुपर्दछ । कार्यकर्ताको बारेमा आउने विभिन्न आरोपहरूको बारेमा पनि गहिरो जांचपडताल  गरिनुपर्दछ,प्रमाणित तथ्यलाई आधार बनाएर मात्रै कार्वाही गर्नु उचित हुन्छ । कार्वाही गर्दा उसको सुधारलाई नै केन्द्रबिन्दु बनाउनु पदर्छ । गल्तीको सम्बन्धमा विवेकयुक्त निर्णय गरिनुपर्दछ । कम्युनिस्ट पार्टी निष्पक्ष छ र यसका नेताले कुनै पनि आग्रहपूर्ण व्यावहार गर्दैनन भन्ने कुरामा कार्यकर्तालाई विश्वस्त तुल्याउन सक्नु पर्दछ । यसको लागि वर्तमान गल्तीको क्षतिपूर्ति विगतको प्रशंसनीय कार्य गर्न सक्छ र वर्तमान र अतीतका गल्तीको क्षतिपूर्ति भविष्यको योगदान गर्न सक्दछ भन्ने मान्यतालाई आत्मविश्वास गर्नुपर्दछ । गल्तीलाई कुनै कार्यकर्तालाई समाप्त पार्ने अवसरको रूपमा प्रयोग गर्ने तरिका अत्यन्तै हानिकारक हुन्छ । कार्यकर्तालाई भुट्टा आस्वासन दिने प्रशंसा गर्ने, कमजोरी पर्दा हाल्ने जस्ता कामहरू नेतृत्व बाट हुनु हुँदैन । कार्यकर्ताको वेवास्ताले पार्टी कमजोर बनाउँछ ।
 
      नेतृत्वले ध्यान दिनु पर्ने कुराहरू :
कार्यकर्ताको व्यवस्थित अध्ययन आजको आवश्यकता हो । व्यवस्थित अध्ययनले कार्यकर्ताको समग्र पक्षको ज्ञान पार्टीलाई हुनेछ । जो अगाडी आयो त्यही कार्यकर्ता  नेता बनाउने वर्तमान अवस्था बाट मुक्त नहुने हो भने भएका कार्यकर्ता पनि गुम्ने खतरा छन र पार्टी आफ्नो लक्ष्यमा पुग्न सक्ने छैन । समग्र जानकारी भएको कार्यकर्ताको बढुवा र जिम्मेवारीको लागि सजिलो हुनेछ । पार्टीमा पक्षपात हुनेछैन, विभिन्न क्षमता भएका कार्यकर्तालाई उचित जिम्मेवारी दिन सकेमा देशभरको संगठनको काममा रक्तसञ्चार गर्न सकिनेछ । कार्यकर्तालाई व्यवस्थित सहायता गर्ने उचित शिक्षादीक्षा दिने, विवेकसंगत ढङ्गले नियन्त्रीत र परिचालित गर्ने,आँट, उत्साह भर्ने र सही दिशा निर्देश गर्ने काम गर्नु आवश्यक हुन्छ । यहाँ चर्चा गरिएको कार्यकर्ताको नितीको कुरा गर्दा सामान्य रुपमा हेर्दा एउटा पार्टी सञ्चालनको लागि मात्रै हो जस्तो लागे पनि देश चलाउनको लागी पनि उक्तिकै लाभदायक हुनेछ । जुन पार्टी कार्यकर्ताको सही निती बनाउन सक्दैन त्यो पार्टीले देश चलाउनमा सफलता पाउने सम्भावना झनै हुँदैन । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नेपाली राजनीतिको परिवर्तनकारी आन्दोलनको अगुवा गर्ने पार्टी भएकोले पार्टी कार्यकर्ताको सही निती बनाउने र लागु गर्ने पार्टी पनि यही हुनुपर्दछ । कार्यकर्ता नितीको बारेमा पार्टीको व्यवस्थित कार्ययोजना बनाउन ढिलो गर्नुहुँदैन । अहीले  हाम्रो पार्टी लगायत देशका अन्य पार्टीले पनि जे जती समस्या पार्टीको आन्तरिक जीवनमा भोगिरहेका छन, धेरै हदसम्म कार्यकर्ता नितीको प्रस्टताले समस्या बाट मुक्त हुनेछन । यो  बिषयलाई पार्टीको आन्तरिक प्रशिक्षणको एक महत्वपूर्ण बिषयको रूपमा तत्काल समावेश गर्नु आवश्यक छ ।
लेखक-प्रकाश रावल
क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपाल कैलाली जिल्ला संयोजक

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>