Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० कार्तिक २६ गते आइतबार

कंचनपुरमा श्रिमान श्रीमती संगै झुण्डिर छाेडे संसार

तिहारकै मुखमा कञ्चनपुरमा एक दाम्पती मृत फेला परेका छन । 

लालझाडी गाँउपालिका १ बिनवारीका राना दाम्पत्ती झुण्डितको अवस्थामा मृत फेला परेका हुन । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले आइतबार बिहान बिनवारीका २६ बर्षिय श्याम कुमार राना र २५ बर्षिया पुष्पा राना मृत फेला परेको बताए । ‘दुवै श्रीमान श्रीमती प्लाष्टिको डोरीले झुण्डिएको अवस्थामा फेला परेका छन, ‘उनले भने, ‘घटना स्थल सहित दुवै पक्षका आफन्तलाई बोलाएका छौँ, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’ 

संगै बाँच्नेमर्ने कसम खाएर वैवाहिक जिवनमा बाँधिएको यो जोडी तिहारकै मुखमा बिलाएका छन । भने, एक ३ बर्षिया सन्तानलाई राना दाम्पतीले टुहुरो बनाएर छाडेका छन । तिहारकै मुखमा श्रीमान श्रीमती यसरी मृत फेला परेपछी घर परिवार, माईती पक्षमा शोकमा डुबेमा छन ।

प्रतिक्रिया