Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर ०९ गते शनिबार

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा अन्तरक्रिया सम्पन्न

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान.अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा आज एक अन्तरक्रिया सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाव कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल कञ्चनपुर लगाएत संघ–संस्थाको सहकार्यमा अन्तरक्रिया सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जानकारी दिएका छन् । कार्यक्रममा नगर क्षेत्रमा रहेको बिभिन्न संघ–संस्था, महिला अधिकारकर्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधी लगाएत सरोकारवालाको उपस्थिती रहेको थियो । लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको एक्कबद्धता तथा हिंसा नगरौं, हिंसान सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं नारा सहित संचालन भएको अन्तरक्रियाका सभापती दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी रहेका थिए । हिंसा अन्त्य गर्न शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्न कार्यक्रममा सवैमा आग्रह गरिएको छ् । लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भएको कार्यक्रममा बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा दबेी जोशीले लिंगको लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानलाई सफल बनाउन सबै जना एक जुट हुनु पर्ने बताएका छन् । लैङ्गिक हिंसा अन्त्य गर्न आफैबाट सुरु गर्नु पर्ने उनले आफ्नो धारणा ब्यक्त गरेका थिए । यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले लैंगिक हिंसा, घरेलु हिंसा र लागु औषध दुरुपयोग सम्बन्धी जनचेतनामुलक प्रशिक्षण गरेका थिए ।


#१६ दिने अभियान

प्रतिक्रिया