Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० पुष ०४ गते बुधबार

कञ्चनपुरको दोधारा चाँदनी स्थित भानु माध्यमिक विद्यालयबाट चोरी भएका सिसिटिभी क्यामेरा सडकमा फालेको अवस्थामा भेटिएका छन् ।

दोधारा चाँदनी–९ हरिचोक नजिक सडक किनारमा फालेको अवस्थामा चोरी भएका मध्ये ४ ओटा सिसिटिभी क्यामेराहरु भेटिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।
भानु माविको मूल गेट र विद्यालय परिसरमा जडित ९ ओटा सिसिटिभी क्यामेरा श्रृंखलाबद्ध रुपमा चोरी भएका थिए ।आज बिहानसडक किनारमा फालेका उक्त क्यामेराहरु देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया