Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० पुष १७ गते मङ्गलबार

तेस्राे मुख्यमन्त्री राष्ट्रिय भलीवल माघमा हुने, १० टिमकाे सहभागिता रहने

कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको खुला मञ्चमा माघ दोस्रो सातादेखि तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो । 

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा १४ माघदेखि हुने भएको जनाईएको छ । सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिहले यस अघि दुई पटक सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा गर्न लागेको बताए । 

भलिबलका खेलाडी र खेलकुद क्षेत्रको बृद्धि विकासका लागि तेस्रो पटक राष्ट्रिय मुख्यमन्त्री भलिबल प्रतियोगिता आयोजना गर्ना लगेको उनले बताए । सदस्य सचिव सिहले प्रतियोगिताको तयारी तिव्र गतिमा अघि बढाएको बताए । उनका अनुसार प्रतियोगितामा सातै प्रदेश सहित तीन विभागिय गरेर १० टिमको सहभागिता हुनेछ ।

सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका टिमविच प्रतियोगिता हुनेछ । प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ । 

सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ । सदस्य सचिव सिहले प्रतियोगितामा झण्डै ८०लाख रुपैया विनियोजन गरेको बताए । उनले खेलाडी, प्रशिक्षक एव स्वयमसेवकका लागि आयोजकले बस्नेखाने प्रबन्ध मिलाएको बताए । 

भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले राष्ट्रिय स्तरमै भलिबलका खेलाडी कञ्चनपुर, कैलाली सहित सुदूरपश्चिममा उर्बरा भएकाले प्रतियोगिताले थप उत्साह उत्पन्न गराउने बताए । नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष जितेन्द्र बहादुर चन्दले प्रतियोगिताले क्षेत्रका रहेका भलिबलका थप खेलाडीलाई खेलप्रति उत्साहित गर्ने बताए । सातै प्रदेशबाट उत्कृष्ठ खेलाडी छनौट गरेर राष्ट्रिय टिममा समेत सहभागिता गराउने अध्यक्ष चन्दले बताए । ‘देशका जहाँसुकै स्थानमा भलिबलको राम्रो क्रेज छ, ‘उनले भने, ‘भलिबलमा राज्यको समेत लगानी छ, अब हामीले विकेन्द्रीकृत रुपमा यसैगरी प्रतियोगिता संचालन गछौँ ।’ सरकारले भलिबलाई राष्ट्रिय खेलको घोषित गरेसंगै संघले समेत प्रतियोगिता त्यही अनुरुप अघि बढाईरहेको बताए । केन्द्रीय अध्यक्ष चन्दले प्रतियोगिताबाट प्रदेश, राष्ट्र मात्रै नभई अन्र्तराष्ट्रिय स्तरसम्मै नेपालकै पहिचान गर्ने वातावरण बनाईने बताए । 

कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले जिल्लामा हुने ऐतिहासिक प्रतियोगिता सफल पार्नका लागि संघले खेल्नुपर्ने सबै भूमिका निर्वाह गर्ने बताए । उनले तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबलको प्रतियोगिता सम्पन्न गरेर जिल्लाका खेलकुद पर्यटनको समेत प्रर्बद्धन गर्ने बताए । प्रतियोगिता आयोजना बारे मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनको कञ्चनपुर जिल्ला भलिबल संघका महासचिव उत्तम विष्टले गरेका थिए । कार्यक्रममा भलिबल संघ, जिल्लादेखि केन्द्र, खेलकुद समितिका पदाधिकारी, खेलाडीको सहभागिता रहेको थियो । १८ माघसम्मै हुने प्रतियोगिताले जिल्लाका आन्तरिक पर्यापर्यटनको प्रर्बद्धन समेत हुनेछ ।


#भलिवल

प्रतिक्रिया