Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० पुष २२ गते आइतबार

धनगढिकाे निशुल्क स्वास्थ्य शिविरमा शंकास्पद तीन बिरामि फेला परे

कैलालीको धनगढीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन महिलामा क्यान्सरको सङ्क्रमण फेला परेको छ। धनगढी उपमहानगर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आयोजनामा शनिवार सञ्चालन गरिएको शिविरमा तीन महिलामा क्यान्सर फेला परेको हो।

६३ महिलाको भिआइए परीक्षण गर्दा तीनमा पोजेटिभ देखिएको छ। १० महिलाहरू शङ्कास्पद रहेका छन्। उनीहरूमा स्तरनमा गाँठागुँठी भएका ६, घाँटीमा गाँठागुँठी भएका एक, लामो समयदेखि बिरामी परेका २ जना र पेटमा गाँठागुँठी भएका १ बिरामी शङ्कास्पद फेला परेका हुन्। धनगढी उपमहानगरपालिकाका अनुसार चार क्यान्सर पीडितहरूले पनि पुनःपरीक्षण गराएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घसीटामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १९१ जनाले परीक्षण सेवा लिएका छन्। उनीहरूमा १३८ महिला र ५३ जना पुरुष रहेका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले बताएको छ।

प्रतिक्रिया