Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० माघ ०१ गते सोमबार

लालझाडिमा अस्पताल भवन निर्माण, सरकारले जनशक्ति र उपकरण दिए चाडै संचालन हुने ।

लालझाडी गाउँपालिकामा अस्पताल भवनको निर्माण कार्य सम्पन्न भएको छ। १० सैय्या क्षमताको अस्पताल भवन निर्माण पश्चात् निर्माण व्यवसायीले आईतबार एक कार्यक्रमका बीच गाउँपालिकालाई अस्पताल हस्तान्तरण गएको छ।

गाउँपालिकाकाे वडा-३ नन्दगाउँमा निर्माण भएको अस्पताल ६ करोड ५ लाख २ हजार ६ सय ५० रुपैया लागतमा राजेन्द्र रुद्रवती सिद्वनाथ जे.भि धनगढी संग ठेक्का सम्झौता भई निर्माण सम्पन्न भएको हाे।

आईतबार एक कार्यक्रमका बीच निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि किशोर ठकुराठी ले लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना राना चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा- ०२ का अध्यक्ष आशाराम राना, वडा -०३ का अध्यक्ष टिकाराम चौधरी, वडा-०५ का अध्यक्ष पहल बहादुर थापा को रोहवरमा स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी लाई हस्तान्तरण गरेको छ।

अब छिट्टै अस्पतालमा आवश्यक तेरिज अनुसारकाे दरबन्दि र उपकरण सरकारले उपलब्ध गराएमा अस्पताल सञ्चालनमा आउने अध्यक्ष निर्मल रानाले बताएका छन । पालिकाका प्रशासकिय प्रमुख राज बहादुर सार्किले मन्त्रालय संग पत्राचार भएकाे,केहि उपकरण उपलब्ध गराउने कुरा भएकाे छ कति सर सामान उपकरण आउछन साेहि अनुसार काम अगाढि बढ्ने बताएका छन ।

पालिकाका स्थानियले नजिक अस्पताल र डाक्टर नहुदा सामान्य चेकजाँच र उपचारकाे लागि महङ्गाे भाडा रकम समेत समय खर्चिएर धनगढि महेन्द्रनगर धाउनुपर्ने बाध्यता रहि आएकाे छ ।

प्रतिक्रिया