Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० माघ ०६ गते शनिबार

१४ गतेबाट सुरुहुने तेस्राे ख्यमन्त्री कप भलिवलकाे तयारि महेन्द्रनगरमा आजबाट सुरु

तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको लागि महेन्द्रनगर खुला मञ्चमा तयारी सुरु भएकाे छ । सुदूरपश्चिम खेलकुद परिषद्ले माघ १४ देखि २० गतेसम्म आयोजना गर्न लागेको हो । त्यसका लागि शनिबारदेखि खुला मञ्चमा तयारी अघि बढान थालिएको छ ।

परिषद्ले गत पुस १७ गते महेन्द्रनगरमा प्रतियोगिता सम्बन्धि पत्रकार सम्मेलन गरेको थियो । परिषद्ले पत्रकार सम्मेलनमा महेन्द्रनगरमा प्रतियोगिता गर्ने निर्णय भएपछि आन्तरिक तयारी अघि बढेको जानकारी दिएको थियो ।

भलिबका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट लगायतले धनगढी पुगेर प्रतियोगिता आयोजनाको तयारीका लागि परिषद्का सदस्य सचिव दिपक बहादुर सिह सहितलाई भेटघाट गरी छलफल गरेका छन् । त्यसपछि परिषद्का सदस्य सचिव सिह लगायतका पदाधिकारी महेन्द्रनगर आएर फर्किएका छन् । परिषद्ले प्रतियोगितामा सहभागी खेलाडी बस्नका लागि दुई होटेलसित सम्झौता गरेको छ ।

भलिबका राष्ट्रिय प्रशिक्षक भट्टले खुला मञ्चमा आजदेखि तयारी अघि बढ्ने बताए । ‘आजदेखि खुला मञ्चमा तयारी अघि बढ्छ’ उनले भने,‘त्यसका लागि सबै आन्तरिक तयारी गरि सकेका छौ ।’

यस अघिका दुई संस्करण धनगढीमा भएका थिए । महेन्द्रनगरमा प्रतियोगिता आयोजनाका लागि भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले परिषद्सित पटक पटक आग्रह गरेका थिए । ‘यो प्रतियोगिता महेन्द्रनगरको खेलकूदका लागि निकै महत्वपूर्ण हो, यसलाई जसरी पनि सफल बनाउनु सबैले साथ सहयोग चाहिन्छ’ उनले भने ।

प्रतियोगितामा तीन विभागीय सहित सातै प्रदेशका गरी १० टीम सहभागी हुने भएका छन् । प्रतियोगितामा सबै टिमका १ सय ५० खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ५० जना निर्णायक स्वयंसेवक सहभागी हुने छन् ।

प्रतियोगितामा सहभागी सबै खेलाडीको यातायात, बास लगायतको सुविधा प्रदेश खेलकुद परिषदले व्यहोर्ने छ । परिषद्ले प्रतियोगितामा ८० लाख खर्च हुने प्रदेश परिषदका सदस्य दीपक सिंहले बताएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई चार लाख, द्वितीय टिमलाई दुई लाख र तृतीय हुने टिमलाई नगद १ लाख सहित ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । सान्त्वनाका लागि चौथो हुने टिमलाई समेत ५० हजार नगद प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा सेमिफाइनल देखि चार खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगिता भरिका उत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट ६ विधामा १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

जिल्ला भलिबल संघ कञ्चनपुरले प्रतियोगिता व्यवस्थापनमा सहयोगीकाे भूमिका निर्वाह गर्ने अध्यक्ष श्याम सिह मौनीले बताए ।


#भलिवल

प्रतिक्रिया