Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० माघ ०७ गते आइतबार

मानव बेचबिखन रोक्न सेवा प्रदायकहरु बिच एक्कबद्धता : माईती नेपाल

कञ्चनपुरको कार्य प्रति उच्च प्रशंसा 
पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सेवा प्रदायहरुले एक्कबद्धता जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा माईती नेपाल कञ्चनपुरले आयोजना गरेको ‘बाल यौन शोषण .र मानव बेचबिखन बिरुद्ध सेवा प्रदायकहरुको क्षमता अभिबृद्धी’ कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने सेवा प्रदायकहरुले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यमा एक्कबद्धता जाहेर गरेका हुन् । दोधारा चाँदनी नगरपालिका क्षेत्र भारत संग जोडिएको खुला सिमा क्षेत्र भएको हुदा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रका कार्य गर्ने सरकारी तथा गैरसरकारी संस्था एकजुट भएर कार्य गर्नु पर्ने आवश्यक रहेको कार्यक्रममा बताईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्र भारतको ठुला प्रान्त उत्तरप्रदेश र उत्तराखण्ड संग जोडिएको झण्डै २६ किलोमिटर खुला सिमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न निकै सकस भएको सेवा प्रदायहरुले बताएका छन् ।

सशस्त्र प्रहरी दोधारा चाँदनी (देविस्थान) का गुल्मपती दिपक बहादुर कुँवरले माईती नेपाल लगाएत सबै सेवा प्रदायहरुले अझै थप एक जुट भएर कार्य गर्ने बेला आएको बताएका छन् । गुल्मपती कुँवरले बिगतका दिनहरुमा माईती नेपाल कञ्चनपुर संग सहकार्य गर्दै आएको बताउदै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरी संगै माईती नेपालको सञ्जाल र पहेरीदारीको तारिफ गरेका छन् । ‘बाल यौन शोषण .र मानव बेचबिखन बिरुद्ध सेवा प्रदायकहरुको क्षमता अभिबृद्धी’ कार्यक्रममा सहजीकरण गर्दै माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले दोधारा चाँदनी नगरपालिका खुला सिमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका कार्यालय लगाएत सेवा प्रदायक संस्थाहरु सित सदैव सहकार्य गरि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा माईती नेपाल कटिबद्ध भएको बताएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको सभापतित्वमा संचालन भएको ‘बाल यौन शोषण .र मानव बेचबिखन बिरुद्ध सेवा प्रदायकहरुको क्षमता अभिबृद्धी’ एक दिने कार्यक्रममा दोधारा चाँदनी नगरपालिका नगरउपप्रमुख गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावल, भक्त बहादुर सुनार, वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, मनकला खनाल पुजारा, सशस्त्र प्रहरी दोधारा चाँदनीका देविस्थान गुल्मका गुल्मपती दिपक बहादुर कुँवर, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक ईश्वर बहादुर थापा, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, दोधारा चाँदनी नगरपालिकाका क्षेत्रमा रहेका सशस्त्र प्रहरी बिओपीका प्रमुख, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका मातहतमा रहेका बाबाथान प्रहरी चौकी, महाकाली झोलुङ्गे पुल अस्थायी प्रहरी पोष्टका प्रमुख लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा माईती नेपाल कञ्चनपुरले गर्दै आएका कार्यको समिक्षा, नियन्त्रण गर्न गर्नुु पर्ने थप कार्यको बारेमा कार्यक्रममा छलफल गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको कारण मानव बेचबिखनको अवस्थामा निकै जाखिम नगरपालिका रहेको हुदा माईती नेपाल कञ्चनपुरले बिगत लामो समय देखि गर्दै आएको कार्यको उच्च प्रशंसा गर्दै दोधारा चाँदनी नगरपालिका कार्यालयले गर्दैै आएको सहयोग र अबका दिनहरुमा समेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘माईती नेपालले यस क्षेत्रमा निकै राम्रो कार्य गर्दै आएको हुदा हामी सबै माईती नेपालले गर्दै आएको मानविय कार्यमा थप सघाउन हामी तयार छौं’ दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले भने । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक ईश्वर बहादुर थापाले दोधारा चाँदनी खुला सिमा भएकै कारण मानव बेचबिखनको उच्च जोखिम रहेको हुदा माईती नेपालले बिगत लामो समय देखि गर्दै आएको कार्यमा आफुहरुको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता जाहेर गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरीको ५ वटा बिओपी र ईलाका प्रहरी कार्यालयको मातहतमा २ वटा प्रहरी पोष्ट रहेका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा बाल यौन शोषण .र मानव बेचबिखन बिरुद्ध सेवा प्रदायकहरुको क्षमता अभिबृद्धी कार्यक्रमका सभापति भक्त बहादुर सुनारले आफु पञ्चायत काल देखि ३ कार्यकाल वडाध्यक्ष भएको र माईती नेपालको कामलाई नजिकबाट नियालेको बताउदै दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले समेत माईती नेपालको कार्यालय स्थापनाको लागी एक कट्ठा जग्गा निर्णय गरेको बताएका छन् । ‘अबका दिनहरुमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा माईती नेपाल संग सहकार्य गरि थप एकजुट हुनु पर्छ’ दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले भने ।

प्रतिक्रिया