Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० माघ ०७ गते आइतबार

बेदकाेटमा काग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे राष्ट्रपति रनिङ्ग शिल्ड बहिस्कार

बेदकोटमा नगर प्रवक्तालाई नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम सञ्चालन गर्न नदिएपछि असन्तुष्ट काँग्रेसका वडा अध्यक्षहरु समापन कार्यक्रम बहिस्कार गरेका छन् ।

बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयमा गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आइतबार समापन कार्यक्रममा काँग्रेसबाट निर्वाचित पाँच वडा अध्यक्ष अनुस्थित भएका हुन् ।

तीन दिन अघि प्रतियोगिता उद्घाटन समारोह वडा अध्यक्ष नरेश बहादुर सिहले सञ्चालन गरेपछि उनीहरुले असन्तुष्टि पोेखेका थिए । उनीहरुले नगर प्रवक्ता चित्रदेब भट्टलाई कार्यक्रम सञ्चालन गर्न नदिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतियोगिता उद्घाटनपछि काँग्रेस नगर उप सभापति भोजराज भट्टले सामाजिक सञ्जाल फेसबुुकमा असन्तुष्टि पोख्दै स्टेटश लेखेका थिए । आइतबार समापन कार्यक्रममा नगर प्रवक्ता सहित वडा अध्यक्षहरु अनुपस्थित भएका हुन् । आइतबार समापन कार्यक्रम पनि सिहले सञ्चालन गरे ।

बेदकोटमा नगर प्रवक्ता भट्ट सहित पाँच वडाका अध्यक्ष काँग्रेसका छन् । मेयर भोजराज बोहरा र उप मेयर तलसी दुबै काँग्रेसबाट निर्वाचित भएका हुन् । एमालेबाट निर्वाचित वडा अध्यक्ष सिहले कार्यक्रम सञ्चालन गरेपछि उनीहरु असन्तुष्ट भएका हुन् ।

वडा अध्यक्ष सिह अघिल्लो कार्यकालमा बेदकोट नगरपालिका नगर प्रवक्ता थिए । शुक्रबारदेखि सुरु प्रतियोगिताको आइतबार समापन भएको छ । कार्यक्रममा मेयर बोहरा र उप मेयर जोशी बाहेक काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष उपस्थित नभएको सहभागीहरुले बताए ।

सुदूरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले शुक्रबार प्रतियोगिता उद्घाटन गरेका थिए । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको अध्यक्षतामा समापन कार्यक्रम गरिएको छ ।

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य कृपाराम राना, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द लगायतका सहभागी भएका थिए ।


#बेदकाेट राष्ट्रपति रनिङ्ग शिल्ड

प्रतिक्रिया