Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० माघ ०९ गते मङ्गलबार

एकल महिलालाई आयआर्जनमा जाेड्न लालझाडिमा कुखुरा पालन तालिम

कञ्चनपुरको लालझाडी गाउँपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा एकल महिलाका लागि जिविकोपार्जन अन्तर्गत कुखुपालन सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।

मंगलबार वडा नम्बर २ मा तालिम सञ्चालन गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष निर्मल रानाले एकल महिलाहरुको जीवनस्तर माथी उकास्नका लागि लालझाडी गाउँपालिकाले कुखुरा पालन, बाख्रापालन, भैसीपालन र तरकारी खेतीमा जोड दिँदै आएको बताउनु भयो । पशु शाखा प्रमुख बिसनसिंह बिष्टले तालिमको सहजीकरण गरिरहनु भएको छ । कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा तालिम सम्पन्न भएको महिला, बालबालिका तथा समाजकल्याण शाखाका प्रमुख मानमति भट्ट ओझाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया