Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० फागुन १६ गते बुधबार

दोधारा चाँदनी नगरपालिका– ४ का किसानहरुलाई तरकारी खेती र बाख्रापालन तालिम सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र नेपाल सरकार उद्योग बाणिज्य तथा आर्थिक मन्त्रालयको आर्थिक सहयोगमा ७ दिने बाख्रापालन तालिम र बेमौसमी तरकारी तालिम संचालन भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जनाएका छन् । 

वडामा बसोबास गर्ने किसानहरुलाई उक्त तालिम संचालन गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताए । केही दिन अघि लघुउद्यम बिकास शाखा कार्यालयले संचालन गरेको तालिम पश्चात किसानहरुले ईच्छाएको तालिम अनुसार बाख्रापालन तालिम र बेमौसमी तरकारी तालिम संचालन गरिएको बताईएको छ् । बेमौसमी तरकारी तालिममा १३ जना र बाख्रा पालन तालिममा २२ जना गरि जम्मा  ३५ जना किसानहरु तालिममा सहभागी रहेका दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य पदमराज भट्टले बताएका छन् । आज एक कार्यक्रमको बिच वडा कार्यालयको सभा कक्षमा तालिमको बिधिवतरुपमा उद्धघाटन गरिएको छ् । 
तालिमको उद्धघाटन सत्रमा वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य पदमराज भट्ट, गगन बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्ट, तालिमका प्रशिक्षक पुर्ण बहादुर साँउद, टिकेश्वरी बिष्ट, नन्दराज भट्ट, बिरेन्द्र कुँवर, राजमती धामी लगाएत तालिमका सहभागीहरुको बाक्लो उपस्थिती रहेको थियो । बेमौसमी तरकारी खेति, लहरे तरकारी खेती, अर्गानिक तरकारी खेति, बजारमुखी तरकारी खेति र तरकारीमा लाग्ने रोग किराको ब्यवस्थापन लगाएतका बाख्रा पालनमा आउने समस्या, बजारिकरण लगाएत तालिमका बिषय बस्तु रहने बताईएको छ् । वडाध्यक्ष भक्त बहादुर सुनारले सिकेका कुरा नितान्तरुपमा व्यवहारमा उतार्न सके सरकारले संचालन गरेको तालिमको पुर्ण महत्व रहने बताउदै आगषमी दिनहरुमा समेत किसानहरुलाई कृषी उत्पादनमा आफुहरुको जोड रहने बताएका छन् ।

प्रतिक्रिया