Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० फागुन १७ गते बिहिबार

फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलको २३ र्औ वार्षिकोत्सव सम्पन्न

भीमदनत्त नगरपालिकाको फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलको २३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदनत्त नगरपालिका–१८ जानकीटोलमा रहेको फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

विगत २३ वर्ष देखि शिक्षा क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको फ्लोरिडा इन्टरनेशनल बोडिङ्गक स्कलु यस क्षेत्रको अब्बल विद्यालयमा मध्ये एक रहेको छ । कक्षा नर्सरी देखि १२ सम्म पढाई हुदै आएको यस विद्यालयमा ८४८ विद्यार्थी रहेको स्कुलका प्रिन्सिपल जयराज ओझाले बताए । उनले भने यहाँ बाट अध्ययनरत विद्यार्र्थी अहिले राष्ट्र निर्माणको क्षेत्रमा विभिन्न पेशामा आवद्ध  भई कार्यगर्दै आईरहेका छन् ।

बुधबार एक कार्यक्रमका विच विद्यालयले २३औँ फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम मनाएको छ । कार्यक्रममा अभिभावक, पुर्व शिक्षक एव कर्मचारीहरुलाई सम्मान गरिएको थियो । पुर्व प्रिन्सिपल निशा भट्ट, पुर्व लेखापाल भाष्कर केसी सहितका शिक्षक, कर्मचारी, १५जना अभिावकहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अथिति भीमदत्त नगरका उपमेयर निलम लेखकले विद्यालयले शैक्षिर्क क्षेत्रमा गरिएको प्रयास प्रगतिले नगरको शिक्षा क्षेत्रमा काफि सुधार भएको बताईन । उनले फ्लोरिडा विद्यालय यहाँसम्म आईपुग्न स्व.पुर्वमन्त्री प्रतापराम लोहारको भूमिका महत्वपूर्ण रहेको औल्याईन । फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलका प्रिन्सिपल जयराज ओझाले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक सुधारमा प्रतिबद्धता जाहेर गरेका छन । फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलका अध्यक्ष उत्तर टमाटाको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो । बार्षिकोत्सवमा विद्यार्थीले विवित साँस्कृतिक नृत्य सहितका कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।


#फ्लाेरिडा स्कुल

प्रतिक्रिया