Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० फागुन १७ गते बिहिबार

महाकाली प्रादेशिक अस्पताल न्युनतम सेवा मापदण्डमा आज सम्मकै माथी पुथ्याे ।

महाकाली प्रदेशीक अस्पताल न्युनतम सेवा मापदण्डमा आज सम्मकै उच्च अंक प्राप्त गर्दै सेवा स्तरमा माथी उक्लीएकाे हाे ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदुरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकनमा महाकाली प्रादेशिक अस्पताल को सुशासन र ब्यबस्थापन , क्लिनिकल सेवा ब्यबस्थापन र सहयोग सेवा ब्यबस्थापन को न्युनतम सेवा मापदण्डमा अनुगमन तथा मुल्यांकन गर्दा  बिगत बर्षहरु भन्दा उच्च अंक प्राप्त गरेकाे हाे ।
बिगत बर्षहरुमा ( ३५%, ६४%, ६६%, ७२%, ८०% ,८५%)  अंक प्राप्त गर्दै क्रमिक रुपमा माथि उक्लिदै आएकाेमा यश पट्क ८८ प्रतिशत अंक प्राप्त गरेकाे हाे । अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष कृष्णा नन्द भट्ट किरण भन्नुहुन्छ सिमित जनशक्ति, सीमित बजेट तथा भौतिक संरचना अभाव का बाबजुद सेवा वृद्धि गर्दै  ८८% स्कोर प्राप्त गर्न सफल भएका छौ र हाम्रो लक्ष्य १००% नै हासिल गर्ने हाे, यो सफलता हासिल गर्न मा अहोरात्र खटिनु हुने सम्पूर्ण अस्पताल परिवार लगायत सम्पूर्ण अग्रज मार्गदर्शक सुभेच्छुकहरु मा धन्यवाद व्यक्त गर्दछु । 

                                             


#महाकाली अस्पताल

प्रतिक्रिया