Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० फागुन २३ गते बुधबार

कंचनपुरमा लागु औषध सहित २ महिला र १ पुरुष  पक्राउ

कंचनपुरमा लागु औषध सहित २ महिला र १ पुरुष पक्राउ परेका छन । कंचनपुरकाे गड्डाचौकीबाट खटिएको प्रहरी टोलिले भिमदत्त नगरपालीका ११ भुजेलाबाट तिनैजनालाई पक्राउ गरेकाे जनाएको छ ।
प्रहरिले  भिमदत्त नगरपालिका १८ भगतपुर बस्ने दिपक महरा, साेहि ठाउँ बस्बने अमृता खत्री बोहरा र दोधारा चाँदनी नगरपालीका-०७ बस्ने प्रियाङका चन्द लाई भारतबाट नेपाल आउने क्रममा शंका लागी चेकजाँच गर्दा शुद्ध ताैल १.४० ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने पदार्थ फेला पारी कानुन बमोजिम बरामद गरी  ३ जनालाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


#लागुऔषध

प्रतिक्रिया